Techie IT
२०८३ जेष्ठ २५, सोमबार

रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


सुनसरीको इनरुवामा गएराति भएको भीषण मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५८२२ नम्बरको मोटरसाइकल राति ११ बजे सडक छेउमा रोकिराखिएको को १ ख ५१२८ नम्बरको ट्रिपरमा पछाडिबाट ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका चौधरीलाई तत्काल उपचारका लागि विराट नर्सिङ होम, विराटनगर लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। एउटै मोटरसाइकलमा ३ जना चढेर तीव्र गतिमा चलाएका कारण नियन्त्रण गुमेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसैबीच, दुर्घटनापछि इलाका प्रहरी कार्यालय पकलीले ट्रिपर चालक सुनसरीको कोशी गाउँपालिका–३ का ४८ वर्षीय लालमोहमद मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट