मनहरीमा बस दुर्घटना, चालकसहित ५ जना घाइते (नामसहित)
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटारमा गएराति एउता यात्रुवाहक बस दुर्घटना भएको छ । वीरगंजबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
बसमा सवार १६ जना यात्रुमध्ये ५ जना गम्भीर घाइते भएका छन् । दुर्घटनालगत्तै प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी प्राथमिक उपचारका लागि मनहरी अस्पताल पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।
घाइते हुनेहरूमा:
भीम बहादुर बिक (३९ वर्ष): बस चालक, सर्लाही
संजय तामाङ (३० वर्ष): भरतपुर–४, चितवन
मोहम्मद आजाद (५४ वर्ष): परवानीपुर, पर्सा
राजकुमार राम (२३ वर्ष): देवताल–१, बारा
सुदिर कुमार (२५ वर्ष): मोतिहारी, भारत
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ भने बाँकी यात्रुहरू सुरक्षित रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस