Techie IT
२०८३ श्रावण ३, आइतबार

जलविरे दुर्घटनामा २५ जना घाइते


नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, जलविरेमा दुईवटा यात्रुबाहक बस र एउटा ट्रक एकापसमा ठोक्किँदा २५ जना यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार बिहान ७:१० बजेको समयमा उक्त दुर्घटना भएको हो। काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको अर्को यात्रुबाहक बस, सोही दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि भरतपुरतर्फ पठाइएको छ। घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

दुर्घटनामा परेका दुवै बस र ट्रक सडकमै रहेका कारण नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ। जसका कारण सो सडक भएर चल्ने सयौँ सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

अहिले घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली खटिएर उद्धार कार्य गर्नुका साथै क्रेनको सहयोगमा सवारी साधन हटाएर बाटो खुलाउने प्रयास गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट