Techie IT
२०८३ भाद्र १३, शनिबार

आज देशभर सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु


देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ। धनुषा, सिरहा, बारा र सल्यानमा भएका मोटरसकल दुर्घटनाहरूमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाहरूको विवरण यसप्रकार छ- 

धनुषा: धनुषाधाम नगरपालिका–३ बजारस्थित सडकमा जनकपुरबाट आउँदै गरेको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना हुँदा मोटरसाइकल चालक १६ वर्षीय रंजन साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका साइकलयात्रीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

सिराहा: गोलबजार नगरपालिका–७ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सप्तरीका ५६ वर्षीय बसन्त कुमार चौधरीको मृत्यु भएको छ। प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा उनको ज्यान गएको हो भने घाइते चालकको विराटनगरमा उपचार भइरहेको छ।

बारा (घटना १): कलैया उपमहानगरपालिका–१४ लक्ष्मीनिया चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३३ वर्षीय सुजित पाण्डेको बयोधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको छ।

सल्यान: सिद्ध कुमाख गाउँपालिका–१ चाख्लीघाँटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३० वर्षीय कमल भन्ने डिल्ली विकको संजीवनी टिचिङ हस्पिटल घोराही, दाङमा उपचारका क्रममा मृत्यु भएको छ।

बारा (घटना २): आदर्श कोतवाल गाउँपालिका–७ धावा टोलमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा म.प्र.२-०३-०३१ प ९६२५ नम्बरको मोटरसाइकलमा सवार बारागढी गाउँपालिका–६ की ४५ वर्षीया सुनैना देवी सहनीको मृत्यु भएको छ। प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा उनको निधन भएको हो। प्रहरीले अर्का मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

यी सबै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट