मकवानपुर र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। प्रहरीले दुवै घटनाको थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
मकवानपुर दुर्घटना (ईभीको ठक्कर): हेटौंडा उपमहानगरपालिका-११ बुद्धपार्क नजिकै नारायणघाटबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ०३२९ नम्बरको ईभी (EV) गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पर्साको वीरगंज महानगरपालिका-३२ बस्ने ५० वर्षीय वीरेन्द्र पासवान मंगलबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनको वीरगंजस्थित वयोधा अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो। दुर्घटनामा संलग्न ईभी गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्की दुर्घटना: पोखरा महानगरपालिका-२५ सुइखेतमा ग.प्र.०१-००२ प ३०७१ नम्बरको स्कुटर मंगलबार साँझ अनियन्त्रित भई सडक किनारमा पार्किङ गरेर राखिएको ग.२३ प ४२०१ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो। दुर्घटनामा स्कुटरमा सवार पोखरा-३० ढुङ्गेपाटनकी ५२ वर्षीया सुजाता सुनार गम्भीर घाइते भएकी थिइन्। उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस