Techie IT
२०८२ भाद्र ७, शनिबार

म्यानमामा बस दुर्घटनामा ७ जनाको मृत्यु, २५ घाइते


पूर्वी म्यानमाको शान राज्यमा शनिबार राति यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। म्यानमारको अग्नि सेवा विभागका अनुसार ३० भन्दा बढी यात्रु बोकेको बस सडकबाट खाल्डोमा खसेपछि दुर्घटना भएको हो।

दुर्घटना स्थानीय समयअनुसार राति ८ बजे भएको बताइएको छ। एक स्थानीय प्रहरी अधिकारीका अनुसार बसले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। मृतकमध्ये पाँच पुरुष र दुई महिलाको घटनास्थलमै ज्यान गएको छ।

घाइते यात्रुहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट