Techie IT
२०८३ कार्तिक १२, बुधबार

सवारी दुर्घटनामा ७ जनाको मृत्यु


देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार मोरङमा दुई तथा सर्लाही, कास्की, उदयपुर, कैलाली र कपिलवस्तुमा एक-एक जनाको दुर्घटनामा परी ज्यान गएको हो।

मोरङको उर्लाबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ५० वर्षीय लोकेन्द्र थापा र मिक्लाजुङमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३२ वर्षीय दिपेन लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ। यस्तै, सर्लाहीको हरिपुरमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट ६८ वर्षीय पैदलयात्री युगेश्वर सिंहको मृत्यु भएको छ भने घाइते चालकको उपचार भइरहेको छ। कास्कीको पोखरा सभागृह चोकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा २८ वर्षीय आशिष कुँवरको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको छ।

उता, उदयपुरको बेलका र कैलालीको टीकापुरमा नम्बर नखुलेका सवारी साधन र ई-रिक्साको ठक्करबाट क्रमशः ५६ वर्षीया लक्ष्मीमाया राई र ६५ वर्षीय जितबहादुर थापाको मृत्यु भएको छ। ठक्कर दिएर फरार रहेका सवारी साधन तथा चालकहरूको प्रहरीले तीव्र खोजी गरिरहेको छ। यसैगरी, कपिलवस्तुको वाणगंगामा मोटरसाइकलको ठक्करबाट ६३ वर्षीया पैदलयात्री जलिया थारूको ज्यान गएको छ। प्रहरीले सम्बन्धित सवारी साधनका चालकहरूलाई नियन्त्रणमा लिई दुर्घटनाहरूको थप अनुसन्धान भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट