Techie IT
२०८३ जेष्ठ १०, आइतबार

चट्याङसहितको वर्षा हुने पूर्वानुमान, धादिङ प्रशासनद्वारा बाढी सतर्कता सूचना जारी


यही साउन ८, ९ र १० गते देशका पहाडी भू-भागहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिहीबार साँझ विभागको मौसम तथा बाढी पूर्वानुमान महाशाखाले बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै सम्भावित जोखिमबारे जानकारी दिएको हो । विभागको पूर्वानुमानलाई आधार मानेर जिल्ला प्रशासन कार्यालय धादिङले जनतालाई सतर्क रहन अनुरोध गरेको छ ।

प्रशासनका प्रशासकीय अधिकृत राममणी मिश्रले आज सार्वजनिक सूचना जारी गर्दै बागमती प्रदेशबाट बहने केही साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने र त्रिशुली तथा बुढीगण्डकी नदीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भन्दै स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रशासनले नदी किनारमा बसोबास गर्ने, खेतीपाती गर्ने वा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गर्दै कुनै आपतकालीन अवस्था परेमा तत्काल नजिकको सुरक्षा निकाय वा प्रशासनसँग सम्पर्क गर्न सुझाव दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट