Techie IT
२०८३ कार्तिक १२, बुधबार

अर्थमन्त्री वाग्लेको अभिव्यक्ति आत्मसमर्पणवादी: एमाले नेता पोखरेल


नेकपा (एमाले) का नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति 'आत्मसमर्पणवादी' रहेको आरोप लगाएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र वर्तमान सरकारको परराष्ट्र नीति फितलो रहेको भन्दै तीव्र आलोचना गरे।

“भारतसँगका सीमा विवाद, डुबान समस्या र असमान सन्धि–सम्झौताका विषयमा आवाज उठाउँदा भारतविरोधी भनिन्छ भने म हजार पटक भारतविरोधी बन्न तयार छु” पोखरेलले भने। उनले आफू कुनै देशको विरोधी नभएको स्पष्ट पार्दै पञ्चशील र असंलग्न परराष्ट्र नीतिका आधारमा भारत, चीन, अमेरिका लगायत सम्पूर्ण मित्रराष्ट्रहरूसँग सन्तुलित र समकक्षी सम्बन्ध हुनुपर्नेमा जोड दिएका थिए ।

यसैगरी, नेता पोखरेलले सरकारको समग्र कार्यशैली र नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्। विभिन्न देशका लागि राजदूत सिफारिस गर्दा विवादास्पद व्यक्तिहरूलाई प्राथमिकता दिइएको आरोप लगाउँदै उनले नागरिकता विवादमा जोडिएकी व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा सिफारिस गरिनु सरकारको गलत र गैरजिम्मेवार कदम भएको टिप्पणी गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट