Techie IT
२०८३ कार्तिक २९, शनिबार

एनपीएल: शीर्षस्थानका लागि काठमान्डु र सुदूरपश्चिम भिड्दै, चितवनलाई अस्तित्व बचाउने दबाब


नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (शुक्रबार) दुई महत्त्वपूर्ण तथा रोमाञ्चक खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। आजको पहिलो खेल मध्याह्न १२:३० बजे सुरु हुनेछ। दुवै टोली आज स्पष्ट जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा उक्लने दाउमा छन्।

९ अंकसहित साविक विजेता लुम्बिनी हाल अंक तालिकाको पहिलो स्थानमा छ । समान ८–८ अंक जोडेका काठमान्डु दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा रहेका छन्। 

सुदूरपश्चिमका लागि समूह चरणको यो अन्तिम खेल हो भने काठमान्डुले यसपछि थप एक खेल खेल्न बाँकी छ। प्रतियोगिताको सुरुआती चरणमा केही खस्केको प्रदर्शन पछि दुवै टोलीले उत्कृष्ट पुनरागमन गरेका छन्। उपाधि दाबेदार मानिएका यी दुई टोलीबीचको आजको खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

आजै बेलुकी ५ बजे हुने दोस्रो खेल चितवन राइनोजका लागि गर या मर को स्थितिमा छ। ५ अंकसहित पाँचौँ स्थानमा रहेको चितवनलाई प्लेअफ (अन्तिम चार) को सम्भावना जीवित राख्न आजको खेलमा जित निकाल्नैपर्ने दबाब छ।

जनकपुर बोल्ट्सको भने यसअघिनै प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट