Techie IT
२०८२ असार २५, बुधबार

तिहारमा सयपत्री फूल बेचेर दुई लाखको आम्दानी


पाल्पाको रामपुरमा रहेको ‘हाम्रो आधुनिक कृषि फार्म’ले तिहार पर्वमा सयपत्री फूल र मालाको बिक्रीबाट रु दुई लाख बढीको आम्दानी गरेको छ। फार्मका सञ्चालक दिलबहादुर थापाका अनुसार तिहारको भाइटीकाको अवसरमा फार्मले राम्रो बजार पाएपछि व्यवसायमा थप उत्साह उत्पन्न भएको छ।

तीन दिनमा फार्मको सबै फूल बिक्री भइसकेको थापाले बताए। बुटवल, तानसेन, पोखरा लगायतका स्थानबाट माग आए पनि उत्पादन सीमित भएकाले बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापाले जानकारी दिए। फूलको माग उच्च भए पनि उत्पादन सीमित भएपछि अहिले नै फार्मले बजारको सम्पूर्ण माग पूरा गर्न सकेको छैन।

फार्मले प्रतिकिलो फूल रु पाँच सय र प्रतिमाला रु एक सय ५० मा बिक्री गरेको थियो। यस वर्ष चार रोपनी क्षेत्रफलमा फूल लगाइएको थियो । फार्मका सबै फूल स्थानीय बजारमा खपत भएको छ। स्थानीय विद्यालय, सङ्घ संस्था तथा घरघरमा लक्ष्मीपूजा र दीपावली मनाउने चलन बढेपछि फूलमालाको खपत पनि उत्तिकै बढेको छ।

फार्ममा हरेक वर्ष तिहारमा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म फूलको माला बिक्री हुँदै आएको छ। भाइटीका मात्र नभई तिहारको शुरुदेखि नै घर तथा संस्थाहरू सजावट र पूजाका लागि सयपत्री फूलको माग गरिरहेका छन्, जसले गर्दा फार्ममा फूल किन्न आउने ग्राहकको संख्या पनि बढ्दै गएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट