Techie IT
२०८३ कार्तिक १२, बुधबार

स्वदेशी सयपत्री फूल बोटमै कुहिने अवस्थामा, भारतीय आयात रोक्न किसानहरूको आग्रह


स्वदेशी सयपत्री फूलले बजार नपाउने र लगानी डुब्ने जोखिम बढेपछि झापाका व्यावसायिक किसानहरूले प्रशासनसँग कडा कदमको माग गरेका छन्। भारतबाट हुने अवैध तथा निर्वाध फूलको आयातले स्थानीय उत्पादन बोटमै सुक्न र कुहिने अवस्था आएको भन्दै उनीहरूले यसलाई रोक्न जोडदार माग गरेका छन्।

विर्तामोडकी कृषक शुष्मा पौडेलको नेतृत्वमा गएको २० जना व्यावसायिक किसानको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवणकुमार पोखरेललाई भेटेर ७ बुँदे ज्ञापनपत्र बुझाएको हो। मागपत्रको पहिलो बुँदामा नै स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिनुपर्ने माग गरिएको छ।

भारतीय आयात रोक्न नीतिगत पहलको माग
पछिल्ला केही वर्षयता झापामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ। जिल्लाको विर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा १५ देखि २० हेक्टर क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती हुँदै आएको छ। लाखौँको लगानी, श्रम र समय खर्चेर गरिएको यो खेतीले रोजगारी र आयआर्जनको नयाँ ढोका खोले पनि राज्यले बजार र लगानीको संरक्षणमा पर्याप्त चासो नदिएको किसानहरूको गुनासो छ।

स्थानीय उत्पादनले नै आन्तरिक माग धान्न सक्ने अवस्था रहेको दाबी गर्दै किसानहरूले भारतीय फूलको आयात रोक्न नीतिगत पहल गर्न प्रजिअ पोखरेलसँग आग्रह गरेका छन्। विगतमा उचित बजार नपाउँदा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनीहरूको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट