Techie IT
२०८३ जेष्ठ २४, आइतबार

साउने सोमबार: पशुपतिमा भक्तजनको घुइँचो, नि:शुल्क बस र भोजनको व्यवस्था


साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ । हिन्दू धर्मावलम्बीहरूले साउन महिनाको प्रत्येक सोमबारलाई भगवान शिवको प्रिय दिन मानेर व्रत बस्ने, पूजा–अर्चना गर्ने परम्परा रहिआएको छ।

यस वर्षको साउन महिनामा कुल चारवटा सोमबार परेका छन्। प्रत्येक सोमबार श्रद्धालुहरू बिहानै स्नान गरी शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो, फूल–फल लगायतका सामग्री चढाएर पूजा गर्दछन्। धार्मिक विश्वास अनुसार यसरी व्रत गरी शिवको आराधना गरेमा अटल सौभाग्य, मनोकांक्षा पूर्ति, पारिवारिक सुख–शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ।

पशुपति क्षेत्र विकास कोषले श्रद्धालुहरूको सहजताका लागि मन्दिरका चारवटै मूल गेट सोमबार खुला राख्ने व्यवस्था मिलाएको छ। साथै, भक्तजनलाई चक्रपथ क्षेत्रबाट पशुपतिनाथसम्म निःशुल्क बससेवा पनि उपलब्ध गराइएको छ।

पशुपतिमा आउने भक्तजनका लागि मारवाडी समाजले नि:शुल्क भोजनको व्यवस्था गरेको छ। समाजका अनुसार यो सेवा सोमबार मात्र नभई अन्य दिनहरूमा पनि नियमितरूपमा जारी रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट