Techie IT
२०८२ श्रावण २६, सोमबार

विश्वका यी पाँच देश जहाँ बहुपति प्रथा अझै विद्यमान छ


हालै भारतको हिमाचल प्रदेशको सिरमौर जिल्लामा दुई दाजुभाइले एउटै युवतीसँग विवाह गरेका विषयले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ। यो प्रथा धेरैका लागि अनौठो भए पनि विश्वका केही स्थानमा अझै बहुपति प्रथा विद्यमान छ।

सामान्यतया संसारभरि एक पुरुषको धेरै श्रीमती राख्ने चलन देखिन्छ भने एक महिलाको धेरै पति हुनु दुर्लभ मानिन्छ। तर, कम्तीमा पाँच देशहरूमा यस्तो बहुपति प्रथा अझै पनि प्रचलित रहेको छ।

१. नाइजेरिया

नाइजेरियाका केही जनजातिहरूमा बहुपति प्रथा रहेको छ। विशेष गरी उत्तरी नाइजेरियाको इरिग्वे समुदायमा महिलाहरूले परम्परागत रूपमा एकभन्दा बढी पतिहरू राख्ने चलन थियो। यद्यपि, १९६८ मा यसलाई गैरकानूनी बनाइएपछि यो प्रथा धेरै कम देखिने भयो।

२. भारत

भारतमा पनि केही जनजातिहरूमा बहुपति प्रचलित छ। उत्तर भारतको जौनसर्बवार क्षेत्रका पहाडी क्षेत्रमा, हिमाचल प्रदेशको किन्नौर, नीलगिरीका टोडा जनजाति, त्रावणकोरको नजनाद भेल्लाला र दक्षिण भारतको नायर जातिमा यो प्रथा अझै देखिन्छ।

३. तिब्बत, नेपाल र चीनका केही भागहरू

यी क्षेत्रहरूमा प्रायः दुई दाजुभाइले एउटै महिलासँग विवाह गर्ने चलन छ। यस्तो अभ्यासले परिवारको सम्पत्ति बाँडफाँड र विवाद कम गर्न मद्दत गर्छ। १९८८ मा तिब्बत विश्वविद्यालयले गरेको सर्वेक्षण अनुसार १३.५ प्रतिशत तिब्बती परिवारमा बहुपति प्रथा रहेको पाइएको थियो।

४. केन्या

सन् २०१३ मा केन्यामा बहुपति प्रथाको एक सार्वजनिक घटना चर्चा पाएको थियो। यहाँको कानुनले बहुपतिलाई स्पष्ट निषेध नगरेकोले यस्तो प्रथा कानुनी रूपमा पनि रहन सक्छ। मसाई समुदायमा यस्तो प्रथा अझै चलनमा छ।

५. दक्षिण अमेरिका

दक्षिण अमेरिकाका केही जनजातिहरूमा पनि बहुपति प्रचलित छ। विशेष गरी बोरोरो, अमेजनीय र टुपी–कावाब जनजातिमा महिलाले दुई दाजुभाइसँग विवाह गर्ने प्रथा प्रचलित छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट