Techie IT
२०८२ भाद्र २२, आइतबार

इन्द्रजात्रामा फेरी बालेनले गरे ओलीलाई बहिस्कार, राष्ट्रपतिलाई भने न्यानो स्वागत


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बसन्तपुरमा इन्द्रजात्रामा सहभागी हुन आएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत आफैंले गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमस्थलमा पुग्दा भने उनी उपस्थित भएनन्। प्रधानमन्त्री ओलीको स्वागत महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेका थिए।

गत वर्षको इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर शाह यसपटक भने बसन्तपुर पुगेका हुन्। भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा विशेष रूपमा मनाइन्छ।

उपत्यकाबासीले महत्वका साथ मनाउने भएकाले काठमाडौं महानगरपालिकाले बसन्तपुरमा विशेष तयारीसहित कार्यक्रम आयोजना गर्दै आएको छ।

इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहने गर्दछ। परम्पराअनुसार, आयोजक महानगरपालिकाका मेयर र उपमेयरले उनीहरूको स्वागत गर्ने गर्छन्। तर शनिबार मेयर शाहले राष्ट्रपति पौडेललाई स्वागत गरेर मञ्चतर्फ अघि बढे, प्रधानमन्त्री ओलीको स्वागत भने उनले गरेनन् ।

प्रधानमन्त्री ओलीसँगको मनमुटावका कारण मेयर शाह स्वागतमा अनुपस्थित भएको देखिन्छ । यसअघि पनि उनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको कार्यक्षमतामा प्रश्न उठाउँदै नयाँ कर्मचारी पठाउन संघीय सरकारसँग माग गरेका थिए । तर, प्रधानमन्त्री ओलीकै कारण माग पुरा नभएको भन्दै शाहले आलोचना गरेका थिए । गत वर्ष समेत ओलीसँगको खटपटकै कारण शाह इन्द्रजात्राको कार्यक्रममा सहभागी नहुई भारत भ्रमणमा गएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट