Techie IT
२०८३ असोज २०, मंगलबार

बडादसैँको टीकाको उत्तम साइत सार्वजनिक, पूर्णिमासम्मका मुख्य साइतहरू हेर्नुहोस्


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँ पर्वका लागि विभिन्न साइतहरू सार्वजनिक गरेको छ। समितिले दिएको जानकारी अनुसार यस वर्ष विजयादशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको छ।

विजयादशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जन गरेपछि निर्धारित उक्त साइतमा टीका ग्रहण गर्नु उत्तम हुने समितिले जनाएको छ। साथै, टीका लगाइदिने र लगाइमाग्ने व्यक्तिहरूले पश्चिम मोहडा फर्केर बस्नुपर्ने नियम समेत समितिले स्पष्ट पारेको छ।

दसैँका प्रमुख साइत तथा तिथिहरू:
असोज २५ गते (आइतबार): नवरात्रारम्भ तथा घटस्थापना (शुभसाइत: बिहान ११:४७ बजे)

असोज २६ गते (सोमबार): पश्चिम मोहडा फर्काएर झण्डा फेर्ने साइत (बिहान १०:०७ बजे)

असोज २९ गते (बिहीबार): श्रीपचली भैरव यात्रा

असोज ३१ गते (शनिबार): फूलपाती (श्री तुलजाभवानी यात्रा: बिहान ७:३७ बजे र स्थिरासन: बिहान १०:३९ बजे)

कार्तिक १ गते (आइतबार): महाष्टमी तथा कालरात्रि

कार्तिक ३ गते (मंगलबार): महानवमी

कार्तिक ४ गते (बुधबार): विजयादशमी, टीकाको उत्तम साइत (बिहान १०:२६ बजे), तुलजाभवानी यात्रा (बिहान १०:५१ बजे), स्थिरासन (दिवा ११:५२ बजे) र खड्गयात्रा

कार्तिक ८ गते (आइतबार): अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा (यससँगै नवरात्र तथा दसैँ पर्व समापन हुनेछ)



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट