सर्लाही र धनुषामा नदीमा डुबेर दुई जनाको मृत्यु

सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुर बस्ने १६ वर्षीया रंगिला कुमारी बैठक शनिबार दिउँसो सोही ठाउँस्थित पुरानो मनुसमारा खोलामा डुबेर मृत्यु भएको छ ।
त्यसैगरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित ओसरा नदीले बगाएको ६० वर्षीय इसरिया महराको आइतबार बिहान मृत्यु भएको छ । नदीमा डुबेर अशक्त भएका उनको धनुषा अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको हो ।
घटनासँग सम्बन्धित विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस