हेलिकप्टर दुर्घटना: पाइलटसहित ६ जना घाइते, उद्धार सम्पन्न
खोटाङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको छ।
आज बिहान काठमाडौँ अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन-एएफक्यु’ हेलिकप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२, खार्ताम्छा, बालबेसीस्थित अवतरणको क्रममा बिहान करिब ११:५५ बजे असन्तुलित भएर दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका हुन्।
भुलका अनुसार दुर्घटनामा पाइलटसहित छ जना सामान्य घाइते भएका छन्। घाइतेलाई काठमाडौँबाट आएको अर्को हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि ल्याइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस