Techie IT
२०८३ कार्तिक ९, आइतबार

प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणमा सीमा विवाद उठ्छ कि उठ्दैन ? - नेता बाँस्कोटा


नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणका क्रममा सीमा विवादको विषय उठाइने वा नउठाइने भन्नेबारे प्रश्न उठाएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेको हालैको एक अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। अर्थमन्त्री वाग्लेको उक्त भनाइले राष्ट्रघात निम्त्याउने स्तरको भएको भन्दै उनले आपत्ति प्रकट गरेका हुन्।

यसअघि प्रधानमन्त्रीले आफ्नो कार्यालयमा ‘ग्रेटर नेपाल’ को नक्सा टाँगेको प्रसंग स्मरण गराउँदै बाँस्कोटाले आसन्न भारत भ्रमणमा सीमा विवादजस्तो संवेदनशील राष्ट्रिय मुद्दामा कुरा उठ्ने अपेक्षा व्यक्त गरेका छन्। साथै, उनले ‘नयाँ जोगीले धेरै खरानी उडाएको’ भन्दै टिप्पणीसमेत गरेका छन्।

यसैबीच, अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई लिएर अन्य राजनीतिक दलका नेताहरूले पनि चासो व्यक्त गरेका छन्। यसअघि राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको स्पष्ट पार्दै विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु राष्ट्रिय सरोकारका मुद्दाहरूलाई कमजोर बनाउनु सरह भएको तर्क गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट