Techie IT
२०८३ वैशाख १४, सोमबार

बाढीले पुल बगाएपछि २३ घण्टापछि बल्ल खुल्यो सडक


भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर–चखेवा सडकखण्ड पुनः एकतर्फी रूपमा सञ्चालनमा आएको छ। भोजपुर नगरपालिका–५ बोखिमस्थित चाल्से खोल्सामा गए राति एक्कासि आएको बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो।

स्थानीय तहको पहलमा वैकल्पिक ट्र्याक खोलिएपछि हाल साना सवारीसाधन सञ्चालनमा ल्याइएको छ। वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै अस्थायी रूपमा एकतर्फी सवारी आवागमन सुरु गरिएको हो। करिब २३ घण्टापछि सडक सञ्चालनमा आएको हो।

उनले भने, “बाढीले पुल बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। अहिले वैकल्पिक ट्र्याक निर्माण गरेर साना सवारीसाधन सञ्चालनमा ल्याएका छौँ। ठूला सवारी सञ्चालनका लागि भने अझै केही समय लाग्नेछ।”

उक्त सडकखण्ड स्थानीय जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण मार्ग हो। दैनिक उपभोग्य सामग्री ढुवानी, कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउने, बिरामी ओसारपसार तथा विद्यार्थीको आवतजावतका लागि यही सडक मुख्य आधार बनेको छ।

सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन, विद्यालय जाने विद्यार्थी र अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको थियो। हाल एकतर्फी सञ्चालन सुरु भएसँगै जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट