Techie IT
२०८३ कार्तिक ७, शुक्रबार

छुट्टाछुट्टै स्थानमा ६ जनाको शव भेटियो


सांकेतिक

देशका विभिन्न स्थानमा छ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। 

प्रहरीका अनुसार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-४ मा ओखलढुङ्गाकी ३८ वर्षीया मिरा तामाङ आफ्नै कोठामा र बर्दियाको मधुवन नगरपालिका-५ स्थित कुलोमा स्थानीय २८ वर्षीय सन्तोष राजी बिहीबार मृत भेटिएका हुन्। 

यस्तै, कैलालीको कैलारी गाउँपालिका-१ स्थित सडक छेउमा ६० वर्षीय जित बहादुर तामाङ र सर्लाहीको बरहथवा नगरपालिका-७ स्थित खेतमा ५० वर्षीय राजकिशोर महतो मृत फेला परेका छन्। उता नवलपरासी (पूर्व) को देवचुलीस्थित बौलाहा खोलामा अन्दाजी ५७ वर्षीय र कावासोतीको सडक छेउमा अन्दाजी ५६ वर्षीय पुरुषको शव भेटिएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट