Techie IT
२०८३ असार १९, शुक्रबार

वर्षभरि विपद्को ताण्डव: ४६२ जनाले गुमाए ज्यान, २ अर्बभन्दा बढीको आर्थिक क्षति


नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपद्जन्य घटनाका कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असार १७ गतेसम्म भएका विभिन्न प्राकृतिक विपद्‌मा परी ४६२ जनाले ज्यान गुमाएका छन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार देशभरबाट कुल ७ हजार ९८९ वटा विपद्का घटना दर्ता भएका छन्। यी घटनाहरूमा १८ जना अझै बेपत्ता छन् भने २ हजार १७८ जना घाइते भएका छन्। विपद्का कारण देशभरका १२ हजार ९८४ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।

यस अवधिमा भएका विभिन्न विपद्का घटनाबाट देशमा कुल रू. २ अर्ब ६ करोड ४७ लाख ७३ हजार १२८ बराबरको अनुमानित आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट