Techie IT
२०८३ कार्तिक ७, शुक्रबार

सवारी दुर्घटनामा आठ जनाको मृत्यु


देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। 

सुनसरीको भोक्राहा नरसिंह, लौकही र धरानमा भएका तीन फरक दुर्घटनामा ६२ वर्षीय जनक लाल मेहता, २२ वर्षीय अर्जुन यादव र २५ वर्षीय सम्राट तामाङको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य घाइतेहरूको विराटनगर र धरानका अस्पतालहरूमा उपचार भइरहेको छ। 

यस्तै, रौतहटको वृन्दावन र तनहुँको शुक्लागण्डकीमा सवारीको ठक्करबाट दुई पैदलयात्री क्रमश: २७ वर्षीय अबदुल सहमद र ६८ वर्षीय सन्तमान श्रेष्ठको ज्यान गएको छ। उता कञ्चनपुरको बेलौरीमा भारतीय नागरिक ६५ वर्षीय सतरोहन लाल यादवको मृत्यु भएको

दाङको घोराहीमा २१ वर्षीय अस्मित कँवर तथा स्याङ्जाको बिरूवामा ३९ वर्षीया रेवती गुरूङको स्कुटर दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन र चालकहरूलाई नियन्त्रणमा लिई प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट