रसुवा बाढी
बाढी पिडितको उद्धारका लागि सशस्त्र प्रहरीका दर्जनभन्दा बढी युनिट परिचालन
भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस
चीनबाट रसुवाको टिमुरे हुँदै आएको भीषण बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रहरूमा विभिन्न युनिटबाट विशेष उद्धार टोलीहरू खटाइएका छन्। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं. १७ गण चितवनबाट सुरक्षाकर्मीहरूको टोली प्रभावित क्षेत्रमा सक्रिय रूपमा खटिएको छ। बाढी र डुबानमा परेका नागरिकको खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि यी टोलीहरूले युद्धस्तरमा काम गरिरहेको प्रवक्ता थापाले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस