Techie IT
२०८३ भाद्र १०, बुधबार

रसुवा बाढी: ३ वटा प्रहरी चौकी बगे, ३५ प्रहरी अझै सम्पर्कबाहिर


रसुवामा आएको विनाशकारी बाढीले नेपाल प्रहरीका तीनवटा चौकी बगाएको छ भने ३५ जना प्रहरी अझै सम्पर्कविहीन छन्।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त अद्यावधिक विवरणअनुसार, बुधबार बिहान ९:१५ बजे रसुवागढी गाउँपालिका-२ स्थित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र प्रहरी चौकी स्याफ्रुबेसी बाढीका कारण सम्पर्कविहीन हुनुका साथै भौतिक संरचना नै बगाएको छ।

घटनास्थलबाट प्राप्त विवरणअनुसार

इप्रका टिमुरे: कार्यरत २५ जनामध्ये १२ जना सम्पर्कमा आएका छन्।

प्रहरी चौकी रसुवागढी: कार्यरत ९ जनामध्ये १ जना मात्र सम्पर्कमा आएका छन्।

प्रहरी चौकी स्याफ्रुबेसी: कार्यरत ९ जनामध्ये ४ जना सम्पर्कमा आएका छन्।

यसैबीच, बाढीका कारण नुवाकोटको त्रिशूली बजारमा पानीको बहाव उच्च भएको छ भने जिल्ला कारागारमा समेत पानी पसेको छ। यता, धादिङको पृथ्वीराजमार्गस्थित महेशखोलामा डुवान भएको छ भने बाढीको बहाव अहिले गल्छी गाउँपालिका-२, मलेखुसम्म पुगेको छ।

परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै बागमती प्रदेश प्रहरी गुल्म हेटौँडाबाट बिहान १०:५५ बजे एसएसपी पुरुषोत्तम सुवेदीको नेतृत्वमा १५ जनाको विशेष उद्धार टोली रसुवाका लागि प्रस्थान गरिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट