रसुवा भन्सारमा प्रलय: ३०० भन्दा बढी गाडी बगे, ५ कर्मचारी सम्पर्कविहीन
रसुवामा आएको विनाशकारी बाढीले रसुवा भन्सार कार्यालयका भौतिक संरचना र चेकजाँचका लागि राखिएका ३०० भन्दा बढी गाडी बगाएको छ।
अर्थ मन्त्रालयका अनुसार भन्सार कार्यालयमा कार्यरत ५ जना कर्मचारी अझै सम्पर्कविहीन छन् भने बाँकी कर्मचारीहरू टिमुरे बजारभन्दा माथिको डाँडामा उद्धारको पर्खाइमा बसिरहेका छन्।
रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुङ्गानाका अनुसार भन्सार यार्डमा चेकजाँचको क्रममा रहेका ट्रक तथा अन्य सवारीसाधनहरू बाढीले पूर्ण रूपमा बगाएको छ। यद्यपि, अर्थ मन्त्रालयले घटनाको विस्तृत र यकिन विवरण अझै आउन बाँकी रहेको जनाएको छ।
कर्मचारीको विवरण: रसुवा भन्सार कार्यालयमा कुल ३६ जनाको स्थायी दरबन्दी रहेको छ। प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन्। तर, ५ जना कर्मचारी अझै सम्पर्कमा आएका छैनन् भने उनीहरूको खोजी, उद्धार र आपत्कालीन समन्वयको काम तीव्र पारिएको मन्त्रालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस