Techie IT
२०८३ भाद्र १७, बुधबार

बगेर भारत पुगेका ९ जना मृतकको शव भारतीय सुरक्षा निकायद्वारा नेपाललाई हस्तान्तरण


फोटोः नेपाल प्रहरी

भोटेकोशी नदीमा आएको बाढीमा बगेर भारत पुगेका ९ जना मृतकको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका विभिन्न क्षेत्रमा फेला परेका ती शव सुनौली नाका हुँदै नेपाल ल्याई रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो।

भारतीय प्रहरीले मंगलबार साँझ ५ वटा र बुधबार अपराह्न ४ वटा गरी कुल ९ वटा शव नेपाल ल्याएको हो। नेपाल ल्याइएका शवहरूमा एक बालिकासहित चार महिला र पाँच पुरुष रहेका छन्। बेलहियामा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सबै शवलाई पोस्टमार्टम तथा पहिचानका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।

कहाँ भेटिए शव?
कुशीनगरस्थित खड्डा थानाका सब–इन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नेपाल–भारत सीमास्थित गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा पर्ने नारायणी नदीको ठोकर नम्बर ३ नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट ती शवहरू फेला परेका हुन्।

बुधबार ल्याइएका चार शवमध्ये ९ देखि १२ वर्षकी एक बालिका, ३५ देखि ४० वर्षकी एक महिला, ४० देखि ४५ वर्षका एक पुरुष र दाहिने हातमा ‘दशरथ जङ्गे’ लेखिएको २३ देखि २८ वर्षका एक युवक रहेका छन्।

पडरौना थानाका मजिस्ट्रेट देवेन्द्रकुमार यादवका अनुसार शवहरूलाई सुरक्षित राखिनुका साथै गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको थियो। भविष्यमा पहिचान सहज होस् भनी शवबाट डीएनएसहितका महत्वपूर्ण प्रमाणहरू समेत सुरक्षित राखिएको उनले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट