Techie IT
२०८३ भाद्र १९, शुक्रबार

त्रिशूली ३ए सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो


त्रिशूली ३ए सुरुङभित्र मान्छेहरूको आवाज सुनिएको पुष्टि भएको छ। सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज आएको जानकारी दिनुभएको हो।

सुरुङभित्र हाल उद्धार कार्य तीव्रताका साथ जारी छ। सांसद न्यौपानेका अनुसार भित्रबाट मान्छेको आवाज आएपछि उद्धार टोलीले “नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ” भन्दै उनीहरूलाई ढाडस दिएको र भित्रबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोलीले सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारका लागि प्रयास जारी राखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट