Techie IT
२०८३ भाद्र २६, शुक्रबार

नक्खु कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि ३ लाख सहयोग


भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नक्खु कारागारका कैदीबन्दीहरूले ३ लाखभन्दा बढी रुपैयाँ सहयोग गरेका छन् ।

कारागार कार्यालय नक्खुका कैदीबन्दीहरूले स्वेच्छाले रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

कारागारमा रहेको सीआरसी ब्लकका कैदीबन्दीले ८२ हजार २०० रुपैयाँ, नयाँ ब्लकका कैदीबन्दीले ४० हजार रुपैयाँ र डीआरसी ब्लकका कैदीबन्दीले २ लाख १ हजार ११५ रुपैयाँ कोषमा जम्मा गरेका छन् ।

यसरी कैदीबन्दीहरूले कुल ३ लाख २३ हजार ३१५ रुपैयाँ सहयोग गरेका हुन् । नक्खु कारागारमा हाल करिब १ हजार २०० कैदीबन्दी रहेको कारागारका जेलर दीर्घराज उपाध्यायले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट