नारायणी र दरमखोलामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान ६:५० बजे सूचना जारी गर्दै नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ।
चितवनको देवघाटस्थित नारायणी नदी र बागलुङको वामीटक्सारस्थित दरमखोला जलमापन केन्द्रमा नदीको सतह लगातार बढ्दो क्रममा रहेको छ। जलसतह लगातार बढ्दै गएकाले नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका डुबान भइरहने स्थानमा बसोबास गर्ने बासिन्दालाई महाशाखाले आज साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार नदीमा पानीको बहाव थप बढ्नसक्ने उच्च सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस