एसियन गेम्स: जापानसामु नेपालको १५० रनको चुनौतीपूर्ण लक्ष्य
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा नेपालले आयोजक जापानलाई १५० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा १४९ रन बनाएको हो ।
जापानविरुद्धको खेलमा नेपालका सन्दीप जोरा र लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट अर्धशतक प्रहार गरेका थिए । तेस्रो क्रममा क्रिजमा आएका सन्दीपले ३२ बलमा ५ चौका र ३ छक्कासहित नटआउट ५७ रन बनाए। त्यस्तै, पाँचौँ क्रममा ब्याटिङ गर्न आएका लोकेश बमले आक्रामक प्रदर्शन गर्दै २२ बलमा ६ छक्का र १ चौकाको मद्दतमा नटआउट ५२ रन बनाए। उनले पारीको अन्तिम बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए।
नेपालका अन्य ब्याटरमा ओपनर आशिफ शेखले १५ बलमा २१ रन जोड्दा कुशल भुर्तेलले ४ रन बनाए। यस्तै, कुशल मल्ल र गुल्सन झा समान २-२ रन बनाएर आउट भए।



तपाईको प्रतिक्रिया दिनुहोस