अफगानिस्तानविरुद्धको पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने
जापानमा जारी एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा आज नेपाल र अफगानिस्तानबिच प्रतिस्पर्धा हुँदैछ। केहीबेरमा सुरु हुने यस रोमाञ्चक खेलमा नेपालले पहिलो बलिङ (फिल्डिङ) गर्ने भएको छ।
टस जितेर अफगानिस्तानका कप्तान डार्विश रसुलीले पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले आफ्नो पहिलो खेलमा क्षेत्ररक्षणबाट सुरुवात गर्ने भएको हो। एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपाली टिमले सुरुवातमै अफगानी ब्याट्सम्यानहरूलाई दबाबमा राख्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस