Techie IT
२०८२ जेष्ठ ३, शनिबार

हावाहुरीले कपिलवस्तु र नवलपरासीमा ३ जनाको मृत्यु, ३ गम्भीर घाइते


सांकेतिक

आज शुक्रबार दिउँसो चलेको भीषण हावाहुरीका कारण कपिलवस्तु र नवलपरासीमा तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

नवलपरासीको सुनवल नगरपालिका–७ चारपालामा कंक्रिटको प्रतीक्षालयमाथि रूख ढल्दा मिरा बयम्बु (३०) र दुर्गा बहादुर पुन (४०) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतीक्षालयमा बसेका बेला हावाहुरीले रूख ढलेर प्रतीक्षालय भत्किँदा नरमति परियार (४०), दुर्गेश्वरा खाम्चा मगर (५१) र अनिल थापा (२२) गम्भीर घाइते भएका छन्। उनीहरूको भलुहीस्थित देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ।

यता, कपिलवस्तु नगरपालिका–८ मैनिहवामा आँप टिप्न गएकी १४ वर्षीया सुखना केवट आँपको रूख ढल्दा च्यापिएर गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै तौलिहवास्थित जिल्ला अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

लुम्बिनी प्रदेशका तराईका जिल्लामा शुक्रबार अपराह्न अचानक हावाहुरीसहित वर्षा भएको थियो। अन्य क्षेत्रको क्षतिको विवरण संकलनको क्रममा रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट