Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी विस्थापित


क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार भन्दा बढी बासिन्दाहरू विस्तापित भएको जनाएका छन् ।  उनीहरुका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।  

शनिबार सम्म म्यानिटोबामा लगभग १७ हजार अल्बर्टामा एक हजार ३०० र सास्काचेवानमा करिब आठ हजार मानिसहरूलाई त्यहाँ बाट सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको जनाइएको छ । अधिकारीहरूले विस्थापितको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

आगलागीका कारण उत्यन्न धुवाँले क्यानाडा र अमेरिकाका  केही सीमावर्ती राज्यहरूमा वायु प्रदूषण बढाएको जनाइएको छ। अमेरिकाका केही भागहरू उत्तरी डकोटा, मोन्टाना, मिनेसोटा र दक्षिण डकोटाका क्षेत्रहरूमा हावाको गुणस्तर खतराको स्तरमा पुगेको जनाएइको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट