Techie IT
२०८२ श्रावण ११, आइतबार

नेपाल एसबिआई बैंकको ७% ऋणपत्र बाँडफाँड सम्पन्न, ३० करोडको जुट्यो लगानी


नेपाल एसबिआई बैंक लिमिटेडले ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ को बाँडफाँड सम्पन्न गरेको छ । बैंकले असार ३० देखि साउन १ गतेसम्म निष्कासन गरेको उक्त ऋणपत्रको कुल ३ अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गरिएको थियो ।

बाँडफाँड विवरणअनुसार, १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत लगानीकर्ताहरूमाझ बिक्री गरिएको छ भने बाँकी १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई र ११ लाख ४० हजार कित्ता सर्वसाधारणलाई वितरण गरिएको छ ।

बिक्री अवधिभर प्राप्त भएका आवेदनहरूलाई प्रक्रिया पूरा गरी साउन ७ गते ऋणपत्र बाँडफाँड गरिएको जानकारी बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सार्वजनिक गरेको छ । यसबाट बैंकले आफ्नो पूँजी वृद्धिमा थप बल पुर्याउने अपेक्षा राखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट