"7% RBBL Debenture 2088" नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच ७ वर्षे अवधि तथा ७ प्रतिशत वार्षिक व्याजदर भएको "7% RBBL Debenture 2088" (RBBD2088) नामक ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ।
यस सम्झौताअन्तर्गत कुल २५ लाख कित्ता ऋणपत्र अंकित तथा चुक्ता मूल्य रु. १,००० प्रति कित्ता दरले जारी गरिएको छ। सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरेका हुन्।
उक्त ऋणपत्रको दोस्रो बजारमा कारोबार मिति २०८२/०४/१५ गतेबाट प्रारम्भ हुनेछ। सूचीकरण पश्चात् ऋणपत्रसम्बन्धी RTS सेवा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंले प्रदान गर्नेछ।
यस सूचीकरणले बजारमा दीर्घकालीन लगानीका लागि थप अवसर थपिने विश्वास व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस