नेप्सेमा सामान्य सुधार, कस्तो रह्यो आजको बजार ?
बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ भने अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज बढेर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँ पुगेको छ।
आज नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुग्दा सेन्सेटिभ इण्डेक्स ०.८१ अंक, फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंकले बढेका छन्।
कुल ३५४ कम्पनीका ४३ हजार ८१२ पटकको कारोबारमा १ करोड १२ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री भएकोमा १८ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमका आधारमा २६ करोड ६ लाख रुपैयाँसहित घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ।
१३ उपसमूहमध्ये बैंकिङ, जलविद्युत, निर्जीवन बीमा लगायत ८ वटा उपसमूहका परिसूचक बढेका छन् भने ५ वटा उपसमूह घटेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस