नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सिटिजन्स बैंक इन्टरनेश्नल (CZBIL) र विकास हाइड्रोपावर (BHCL) को शेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले सिटिजन्स बैंकको ३.८० प्रतिशत र विकास हाइड्रोपावरको १० प्रतिशत बोनस शेयर समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको छ।
नेप्सेले शुक्रवारको अन्तिम बजार मूल्यलाई आधार मानेर यी कम्पनीहरूको शेयरमूल्य समायोजन गरेको हो। निर्धारण गरिएको यही समायोजित मूल्यलाई आधार मानेर आगामी असोज १९ गते दोस्रो बजारमा यी कम्पनीहरूको शेयर कारोबार खुल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस