Techie IT
२०८२ श्रावण १९, सोमबार

लाइसेन्सको अवधि १० वर्षमा विस्तार


सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष कायम गरिएको छ।

सरकारले केही नेपाल ऐन संशोधन गर्न तयार पारेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन भएको हो। अबदेखि लाइसेन्सको मान्यता अवधि ५ वर्षबाट बढाएर १० वर्ष गरिनेछ।

ऐनको दफा ५४ को उपदफा (३) अनुसार, सवारी चालक अनुमतिपत्रको बहाल अवधि सम्बन्धी व्यवस्था संशोधन भई अब १० वर्षका लागि लागू हुनेछ। यसअनुसार, लाइसेन्स नवीकरण गरेपछि पनि सोही अवधि अर्थात् १० वर्षका लागि मान्य हुनेछ।

यसअघि, नवीकरण पश्चात् लाइसेन्सको मान्यता अवधि अधिकतम ५ वर्ष मात्र हुने व्यवस्था थियो। साथै, नयाँ संशोधित व्यवस्थाले सवारी जाँचपास र प्रदूषण परीक्षणका लागि निजी क्षेत्रलाई समेत सेवा दिने अनुमति प्रदान गर्ने प्रावधान समेटेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट