Techie IT
२०८२ श्रावण २९, बिहीबार

नेप्सेमा पुनः गिरावट, ६ अर्ब ९१ करोडको कारोबार


आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मंगलबार २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज सिटी होटलको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयर ४.३४ प्रतिशतले बढेको छ । त्यस्तै आज सिक्लेस हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ भने उन्नति लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडको २६ करोड ७७ लाख र हिमालयन रिइन्सुरेन्सको २३ करोड ९६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट