Techie IT
२०८२ श्रावण ३१, शनिबार

नेपाल टेलिकमको नाफा र आम्दानी घट्यो


नेपाल टेलिकम लिमिटेड (NTC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ३४ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो भने गत आर्थिक वर्षको सोही अवधिसम्म यो ३४ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ। वित्तीय आम्दानी ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा झरेको छ भने कुल आम्दानी ४२ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३८ अर्ब ७३ करोड रुपैयाँमा झरेको छ।

आम्दानी सामान्य घटे पनि कम्पनीको खुद नाफा उल्लेख्य रूपमा घटेको छ। चालु कर खर्च ११ करोड रुपैयाँबाट बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेको कारण कम्पनीको खुद नाफा ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँमा झरेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसाबाट १४ रुपैयाँ ८२ पैसामा झरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९.१८ गुणा रहेको छ।

कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट