Techie IT
२०८२ भाद्र १८, बुधबार

चार करोड रुपैयाँसहित पक्राउ परेका श्रेष्ठ मिटरब्याजी भएको खुलासा


काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा रकम लगानी गर्दै आएको प्रहरीले दाबी गरेको छ।

आफ्नै घरमा लुकाइराखेको अवस्थामा करिब चार करोड रुपैयाँसहित पक्राउ परेका श्रेष्ठ मिटरब्याजी रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालका अनुसार, प्रारम्भिक अनुसन्धानमै श्रेष्ठ मिटरब्याजी रहेको तथ्य खुलेको छ। उनले सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गर्ने गरेको पाइएको छ ।

श्रेष्ठले आफ्नै घरमा करिब चार करोड रुपैयाँ अवैध रुपमा लुकाएर राखेको प्रहरीले जनाएको छ । अहिलेसम्म बरामद रकम तीन करोड ७५ लाख रुपैयाँ रहेको छ। त्यस्तै, सुनका गरगहना पनि बरामद गरिएका छन् भने ती सुनको परीक्षण र तौल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ठूलो मात्रामा अवैध रकम घरमै लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। सोही क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन्। पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट