जेनजीको आन्दोलनले शेयरमार्केट धरापमा, परिसूचक २६७२.२५ मा झर्यो

सोमबार देशभर जेनजी पुस्ताको नेतृत्वमा सरकारविरुद्ध भइरहेको आन्दोलनका बीच सेयर बजार उच्च अंकले घटेको छ। नेप्से परिसूचकमा ३५.९९ अंकको गिरावट आएर २६७२.२५ अंकमा झरेको छ।
सोमबारको कारोबारमा ५ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा २३ कम्पनीको मूल्य घटेको छ भने २२८ कम्पनीको मूल्य बढेको छ।
सबैभन्दा धेरै सूचक ट्रेडिङ सेक्टर २.३१ प्रतिशतले घटेको छ। थप आठवटा समूह १ प्रतिशतभन्दा बढीले घटेका छन् भने बाँकी समूह १ प्रतिशतभन्दा कमले घटेका छन्।
आज बजारमा सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्ने कम्पनी बाराही हाइड्रोको मूल्य ५.२८ अंकले घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा उल्लेख्य घटबढ नभएको छ।
कारोबार रकमको आधारमा, आज नेपाल पुनर्बिमा कम्पनीको ३० करोड, युनियन हाइड्रोपावरको २४ करोड ९ लाख, र युनिभर्सल पावर कम्पनीको २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार संख्याको आधारमा हिमालयन बैंक सबैभन्दा अगाडि रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस