आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७० पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा तोकिएको छ।
एशियाली मुद्रामा जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९ रुपैयाँ ९१ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा र कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९१ पैसा कायम गरिएको छ।
त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४ रुपैयाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५९ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५ रुपैयाँ १३ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ २० पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १३ पैसा र बिक्रीदर १८ रुपैयाँ २१ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपैयाँ १७ पैसा र बिक्रीदर ४६४ रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १६ पैसा, ओमानी रियाल एकको खरिददर ३६६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३४ पैसा निर्धारण गरेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले तोकेको विनिमयदर वाणिज्य बैंकहरूले तोक्ने दरसँग फरक हुन सक्ने जनाएको छ। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने र आवश्यकता अनुसार संशोधन गर्न सकिने जानकारी दिइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस