Techie IT
२०८२ चैत्र १७, मंगलबार

विध्वंसात्मक जेन–जेड प्रदर्शनपछि नेप्से परिसूचक नकारात्मक सर्किट


विध्वंसात्मक जेन–जेड प्रदर्शनका कारण नेप्से परिसूचक आज नकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक ६ प्रतिशत घट्दै तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि सेयर कारोबार स्थगित गरिएको हो। सात दिनपछि खुलेको नेप्से बजार सुरुमा नै नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएको थियो । त्यसपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागू भएको थियो। पछि बजारमा पुनः ५ प्रतिशत गिरावट हुँदा दोस्रो सर्किट ब्रेक लाग्यो। प्रि–ओपन सेसनमै नेप्से ३४.५ अंकले घटेको थियो। नियमित कारोबार खुलेको २ मिनेटमा परिसूचक १०७.०४ अंक घटेर नकारात्मक सर्किटमा पुगेको थियो।

गत भदौ २३ गते नेप्से ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको थियो। सात दिनपछि कारोबार हुँदा नेप्से १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा झरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट