Techie IT
२०८२ चैत्र १७, मंगलबार

किन रोक्यो जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिसा


जेनजी आन्दोलनका कारण करिब साढे ८ हजार कैदीबन्दी कारागारबाट भागेर समाजमै रहेका र आपराधिक गतिविधि बढेको देखिएपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसा दिन बन्द गरेको छ।

नेपाल वैदेशिक रोजगार संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार यूएईले औपचारिक जानकारी नदिई अनौपचारिक रुपमा भिजिट भिसासँगै कामदार भिसा पनि रोकिदिएको हो। कम्पनीले स्वीकृति दिएको कामदारको समेत भिसा अस्वीकृत भइरहेको उनले बताए।

वैदेशिक रोजगार व्यवसायीहरुले कैदीबन्दी आपराधिक गतिविधिमा संलग्न भई कामदारको रूपमा आउन सक्ने आशंकाले यूएईले यस्तो कदम चालेको अनुमान गरेका छन्। अहिले नेपाल सरकारलाई भने यसबारे औपचारिक जानकारी आएको छैन।

यूएई नेपाली कामदारको प्रमुख गन्तव्य हो। गत वर्ष मात्रै डेढ लाखभन्दा बढी नेपाली कामदार त्यहाँ पुगेका थिए। मासिक १२–१५ हजार नेपाली जाने यूएईबाट भिसा रोकिँदा रोजगारीमा ठूलो असर पर्ने अनुमान गरिएको छ।

यसैबीच, नेपाली क्रिकेट टोलीलाई पनि भिसा नपाउँदा यूएई प्रस्थानमा ढिलाइ भएको छ। टोलीले सेप्टेम्बर २७ देखि सुरु हुने वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज खेल्नेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट