आजको विदेशी मुद्रा विनिमय दर हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ३२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३९ पैसा, क्यानाडियन डलर एकको खरिददर १०२ रुपैयाँ १३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५६ पैसा सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३६ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९ रुपैयाँ ९१ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा र कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ।
यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४ रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २ पैसा र बिक्रीदर १५ रुपैयाँ ८ पैसा, र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २४ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४६४ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५५ पैसा, र ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यक परे विनिमय दर कुनै पनि समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर भने केही फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस