Techie IT
२०८२ चैत्र १७, मंगलबार

भिभिआइपिहरूलाई दिइएका अतिरिक्त सुविधा फिर्ता गर्न सरकारको निर्देशन


नेपाल सरकारले अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गर्ने उद्देश्यका साथ सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई दिइएका अतिरिक्त सुविधा फिर्ता गर्न निर्देशन दिएको छ।

मन्त्रिपरिषद् बैठकले असोज ५ गते गरेको निर्णयअनुसार अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरी कार्यान्वयनका लागि निर्देशन दिएको छ। अबदेखि पूर्व पदाधिकारीहरूलाई कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डअनुसार मात्र सेवा सुविधा प्रदान गरिनेछ।

सरकारको निर्णयअनुसार कानुनबाहेक उपलब्ध गराइएका सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मीहरू तत्काल फिर्ता गर्नुपर्नेछ। साथै गैरकानुनी रूपमा उपलब्ध गराइएका अन्य सेवा सुविधाहरू पनि स्थगन गरिनेछ।

यो कदमले राज्यका स्रोत साधनको दुरुपयोग रोक्ने, सरकारी खर्च पारदर्शी र जिम्मेवार बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। गृह र रक्षा मन्त्रालयले आफ्ना क्षेत्राधिकारमा पर्ने पूर्व पदाधिकारीहरूबाट अतिरिक्त सुविधा फिर्ता लिन प्रक्रिया अघि बढाउनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट