Techie IT
२०८३ भाद्र २८, आइतबार

आन्तरिक उडानको अधिकतम हवाई भाडादर सार्वजनिक


आन्तरिक उडानको अधिकतम हवाई भाडादर सार्वजनिक गरेको छ।

दशैं, तिहार र छठ जस्ता चाडपर्वका समयमा हवाई टिकटको अत्यधिक माग बढ्ने र सहज उपलब्धता नहुँदा महँगोमा बिक्री हुने सम्भावना रहेकाले प्राधिकरणले विभिन्न गन्तव्यका लागि अधिकतम भाडादर तोकेर सार्वजनिक गरेको हो।

प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत अधिकतम भाडादरभन्दा बढी रकम यात्रुबाट असुल्न नहुने स्पष्ट गर्दै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। तोकिएकोभन्दा बढी भाडा असुले कारबाही हुने चेतावनी पनि दिइएको छ।

सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी मार्गमा १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमरा मार्गमा ३ हजार ९७८ रुपैयाँ तोकिएको छ।

दशैंको टीकाको दिन (असोज १६ गते) प्राधिकरणले सार्वजनिक गरेको अधिकतम हवाई भाडादर यस्तो छः

काठमाडौं–विराटनगर : ९,७८५ रुपैयाँ

काठमाडौं–भरतपुर : ४,६४३ रुपैयाँ

काठमाडौं–भद्रपुर : १२,११२ रुपैयाँ

काठमाडौं–जनकपुर : ५,४७० रुपैयाँ

काठमाडौं–पोखरा : ६,६३५ रुपैयाँ

काठमाडौं–नेपालगञ्ज : १३,१०३ रुपैयाँ

काठमाडौं–धनगढी : १७,५७९ रुपैयाँ

काठमाडौं–सिमरा : ३,९७८ रुपैयाँ

काठमाडौं–भैरहवा : ८,४६१ रुपैयाँ

काठमाडौं–राजविराज : ८,२१० रुपैयाँ

काठमाडौं–सुर्खेत : ९,०३० रुपैयाँ

काठमाडौं–तुम्लिङटार : ७,६३० रुपैयाँ



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट