Techie IT
२०८२ मंसिर २१, आइतबार

युएईमा अब परिवार र साथीलाई भिजिट भिसामा लैजाँदा आम्दानी कति हुनुपर्छ? (विस्तृतमा हेर्नुहोस्)

आवेदकले कम्तीमा ६ महिना म्याद बाँकी पासपोर्ट र फिर्ती टिकट पनि प्रस्तुत गर्नुपर्नेछ।


अब संयुक्त अरब इमिरेट्स (युएई) मा परिवार, आफन्त वा साथीलाई भिजिट भिसामा लैजाँदा स्पोन्सरको आम्दानी स्रोत बलियो हुनुपर्ने भएको छ।

युएई सरकारले भिजिट भिसा सम्बन्धी नयाँ व्यवस्था लागू गर्दै स्पोन्सरको न्यूनतम मासिक तलबको सीमा तोकेको छ। नयाँ नियम अनुसार, स्पोन्सर गर्ने व्यक्तिको मासिक पारिश्रमिक ४ हजारदेखि १५ हजार दिराम बीच हुनुपर्नेछ।

परिवार र आफन्तका लागि छुट्टाछुट्टै तलब सीमा तोकिएको छ।

बुबा–आमा, श्रीमान/श्रीमती, छोराछोरी जस्ता नाताका सदस्यलाई भिजिट भिसामा लैजान स्पोन्सरको तलब कम्तीमा ४ हजार दिराम हुनुपर्नेछ।

हजुरबा–हजुरआमा, दाजुभाइ–दिदीबहिनी, नाति–नातिनी, काका–काकी, मामा–फुपू जस्ता नाताका आफन्तलाई लैजानका लागि मासिक तलब ८ हजार दिराम आवश्यक हुनेछ।

साथी वा गैर–नातेदार व्यक्तिलाई घुम्नका लागि भिजिट भिसामा बोलाउन चाहने स्पोन्सरको तलब कम्तीमा १५ हजार दिराम हुनुपर्नेछ।

भिजिट भिसाको आवेदन दिँदा सम्बन्ध प्रमाणित गर्ने नाता पुष्टि कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। त्यस्तै, आवेदकले कम्तीमा ६ महिना म्याद बाँकी पासपोर्ट र फिर्ती टिकट पनि प्रस्तुत गर्नुपर्नेछ।

युएई सरकारले भिजिट भिसा प्रणालीमा पारदर्शिता र दुरुपयोग रोक्ने उद्देश्यले यो नयाँ नियम लागू गरेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट